नेकपाका नेता योगेश भट्टराईले पर्यटन मन्त्री नियुक्त मन्त्रालयको जिम्मेवारी सम्हामाल्य
काठमाण्डौं १५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
मन्त्री भट्टराईले जिम्मेवारी सम्हाल्नुअघि राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत समेत गरेका छन्। त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएर मन्त्रालय समालेका हुन ।.jpg)