धादिङमा बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते
काठमाण्डौ ६ श्रावण । धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ आउदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट जादै गरेको गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो’ ।
बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलाभन्नेठाउमामा खसेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको प्रहरी जनाएको छ ।