बर्दिवासमा चोरी, एक लुटेरा नियन्त्रणमा
बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिका ६ र ७ स्थित प्रेमनगरमा गए राति चोरी भएको छ । हतियारसहित आएका लुटेराले दुई घरमा चोरी गरेकाे स्थानीयले बताएका छन् । सुनचाँदी र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ ।
बर्दिबास नगरपालिकाको वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ का चन्देश्वर महतोको घरमा डकैती भएको हो । लुटेरा भाग्ने क्रममा एकजना लुटेरालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । सर्लाहीको चन्द्रपुर नगरपालिका निवासी ४० वर्षीय देवनरायण कापडलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुटेरालाई नियन्त्रणमा लिने क्रममा घरधनी चन्देश्वर महतोको श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन् । उनीहरुको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेकाे छ । लुटेरालाई गाउँलेहरु निर्घात कुटपिट गरेको र उनको अवस्था गम्भीर छ । उनको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा पठाइएको र अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।