कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ
काठमाण्डौ १४ श्रावण । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।चितुवाको दुई थान छालासहित डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१, का रामबहादुर विष्टलाई जिल्ला प्रहरी कैलालीको टोलीले पक्राउ गरेको हो ।प्रहरीले चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई चितुवाको छालासहित सार्वजनिक गरेको हो ।पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बड्डीकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।बरामद भएको चितुवाको छाला थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ