कांग्रेस महाधिवेशन : आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान
काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार मतदान दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।
मतदानको समय नजिकिएसँगै महाधिवेशनस्थलमा उम्मेदवार तथा कार्यकर्ताहरू मत माग्न व्यस्त छन् । उम्मेदवारहरू आफ्ना पक्षमा मत माग्दै प्रतिनिधिहरूसँग भेटघाट र छलफल गरिरहेका छन् ।
महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू तोकिएका मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् ।
यसैबीच महाधिवेशनस्थलमा उम्मेदवार तथा कार्यकर्ताहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।