पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन्।
कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।