खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ ।
एक महिलामाथि फोनमार्फत दुर्व्यवहार गरिएको भनिएको टेलिफोन अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।
छानबिन प्रक्रिया जारी रहँदासम्म सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।