लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर धुर्कोटका भण्डारीको मृत्यु
गुल्मीको धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार खेतमा पानी लगाउन गएका भण्डारी साँझसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा बुधबार बिहान सिमलचौरस्थित खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।