कांग्रेस महाधिवेशनको चौथो दिनको बन्द सत्र सुरु हुँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र केही बेरमा सुरु हुँदैछ। बन्द सत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी गरिएको छ।
सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ।
प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश दिइनेछ। कांग्रेसको फेसबुक पेजसहित अन्य सञ्चारमाध्यमबाट पनि बन्द सत्रको प्रत्यक्ष प्रसारण गर्न सकिनेछ।
प्रतिवेदन तथा प्रस्तावमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। बन्द सत्रपछि सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।