वर्षाका कारण कांग्रेस महाधिवेशनको बन्दसत्र ४ बजेसम्म स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ।
कांग्रेसको नीति, प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र स्थगित गरिएको हो।
वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन्। बन्दसत्र सञ्चालन हुने हलसम्म पुग्ने क्षेत्रसमेत पानीले ढाकेपछि समय सारिएको कांग्रेसले जनाएको छ।