त्रिशूली–भोटेकोशी विपद् अध्ययन संसदीय समिति विदुरमा
त्रिशूली–भोटेकोशी महाविपत्ति अध्ययन विशेष संसदीय समितिको टोली नुवाकोटको विदुर नगरपालिका पुगेको छ।
टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा तीनै तहका सरकारका प्रतिनिधिसँग विपद् र विपद्पछिको अवस्थाबारे जानकारी लिएको हो।
समिति सभापति गणेश पराजुलीका अनुसार टोलीले खोज तथा उद्धार, राहत, अस्थायी आश्रय, आधारभूत सेवा र सम्पर्क सञ्जाल पुनःस्थापना, पुनर्वास तथा दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणबारे सुझाव संकलन गरेको छ।
स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल तत्काल पुनःस्थापना गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन आग्रह गरेका छन्। गत भदौ १० गतेको विपद्बाट भएको क्षतिको अध्ययन गर्न पराजुलीको नेतृत्वमा समिति गठन गरिएको हो।