कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आज ३ बजेदेखि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ ।
निर्वाचन समितिका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणनाको तयारी भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्रीय सदस्य पदका उम्मेदवार स्वयं मतगणना स्थलमा उपस्थित हुन पाउनेछन् । तर, उम्मेदवारले मतगणनाका लागि आफ्नो प्रतिनिधि राख्न पाउने छैनन् ।