कांग्रेस महाधिवेशनको बन्द सत्र आज सम्पन्न हुँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र आज सम्पन्न हुँदैछ।
बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यक्रम छ।
बन्द सत्र बिहान साढे १० बजे पुनः सुरु हुने र सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।