इन्टरनेट मतदानका लागि साइबर सुरक्षा र संस्थागत क्षमता बढाउनुपर्नेमा जोड
निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले प्रणालीको विश्वसनीय र सुरक्षित सञ्चालनका लागि आवश्यक प्रविधि, जनशक्ति तथा संस्थागत क्षमता विकास गर्नुपर्ने बताए।
निर्वाचन आयुक्त डा. राजीव सुब्बाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा र पूर्वाधारलगायत क्षेत्रमा उपलब्ध प्राविधिक जनशक्तिको ‘स्किल म्यापिङ’ आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न देशका विज्ञले इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा र सञ्चालनबारे जानकारी दिएका थिए।