च्याम्पियन्स लिगमा आर्सनलको सहज जित, लिल ३–० ले पराजित
यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ।
बुधबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा आर्सनलका जुनियन टिम्बरले ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि एबेरेची एजेले गोल गरे भने ७१औँ मिनेटमा बुकायो साकाले तेस्रो गोल थपे।
यस जितसँगै दुई खेलबाट ६ अंक जोडेको आर्सनल तालिकाको तेस्रो स्थानमा रहेको छ। पराजित लिल भने समान खेलबाट अंकविहीन हुँदै तालिकाको ३२औँ स्थानमा छ।