महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी
नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उपाध्यायले महिला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।