कांग्रेस सभापतिका उम्मेदवार श्यामकृष्ण खड्कीद्वारा मतदान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्कीले मतदान गरेका छन्। उनले राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन्।
सभापतिका उम्मेदवार गगन थापासहित अन्य उम्मेदवारहरू पनि मतदानका लागि लाइनमा बसेका प्रतिनिधिसँग मत मागिरहेका छन्।
एक प्रतिनिधिलाई मतदान गर्न ४० मिनेटसम्म लागेकाले मतदान प्रक्रिया लम्बिने देखिएको छ।