कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा विजयी, जनजाति खुलातर्फ १२ जना निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा बहादुर सिंह लामा विजयी भएका छन्। उनले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
यसैगरी, आदिवासी जनजाति महिलातर्फ आठ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा गीता गुरुङ (२ हजार ८५९), डा. गङ्गालक्ष्मी अवाल (२ हजार ७६८), रेणुका काउछा मगर (२ हजार ३९२), सपनाराज भण्डारी जोशी (२ हजार ३५१), सीता कुमारी राना मगर (२ हजार १३२), प्रमिला राई (२ हजार २०), लीलादेवी बोखिम लिम्बू (१ हजार ६८१) र पुनम लामा (१ हजार ६३६) रहेका छन्।
आदिवासी जनजाति पुरुष खुलातर्फ तीर्थ लामा ४ हजार ४२५ मतसहित विजयी भएका छन्। त्यसैगरी ई. अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ पनि निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार जनजाति पुरुष खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।