देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभाव भने शनिबारदेखि क्रमशः कमजोर हुँदै जाने विभागले जनाएको छ।
पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।