पर्सामा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका १५ लाख २८ हजार ४२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–१६ को भुटनदेवी मन्दिर र इनर्वा सीमा क्षेत्र तथा जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरचोकबाट औषधि, तरकारी, मोटरसाइकल, कपडा र जुत्तालगायत सामान बरामद गरिएको हो।
बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।