गगनसँगको छलफलपछि मिनेन्द्र रिजालले फिर्ता लिए उम्मेदवारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको छलफलपछि डा. मिनेन्द्र रिजालले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन्।
रिजालका अनुसार थापासँग बुधबार साँझ भएको छलफलपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्। थापाले कांग्रेसमा रिजालको आवश्यकता महत्वपूर्ण रहेको भन्दै उनलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने बताएका थिए।
थापाको आग्रह स्वीकार गर्दै रिजालले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।