कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी कायमै
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
सभापतिको उम्मेदवारी फिर्ता लिन आग्रह आएपछि उम्मेदवारहरूबीच छलफल भए पनि सहमति हुन नसकेकाले आफूले उम्मेदवारी फिर्ता नलिएको खड्गीले बताए।
यसअघि गगन थापाविरुद्ध सभापतिमा खड्गी र कृष्णसिंह राठौरले उम्मेदवारी दिएका थिए। राठौरले उम्मेदवारी फिर्ता लिएपछि खड्गीले भने आफ्नो उम्मेदवारी कायम राखेका छन्।