स्कुल बसको ठक्करबाट तुलसीपुरमा दुई वर्षीय बालकको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब १० बजे झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल रानीजरुवामा बस्दै आएका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।