चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
जिल्ला प्रहरी कार्यालय पर्साले दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ।
पर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी, गस्ती तथा चेकजाँच बढाउने जनाएको छ। बजार, व्यापारिक क्षेत्र, सार्वजनिक यातायात तथा धार्मिकस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिनेछ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास तथा आतसबाजी नगर्न आग्रह गर्दै आपराधिक गतिविधिबारे समयमै प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।