सुन पाँच सय र चाँदी ६५ रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो।
पछिल्लो कारोबारअनुसार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट देखिएको हो।