कञ्चनपुर कारागारबाट फरार कैदी सीमा क्षेत्रबाट पक्राउ
कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ।
लागुऔषध खैरो हेरोइन मुद्दामा १० वर्ष ३ महिना कैद सजाय पाएका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहुलाई प्रहरीले शुक्रबार भीमदत्त–११ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरको फैसलापछि कारागार चलान भएका शाहु गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। उनलाई कैद भुक्तानका लागि पुनः कारागार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।