सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार नै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै विकास, सुशासन र जनताको सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।