रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता जगदीश खरेलले बैठक आज दिउँसो ४ः ३० बजे भर्चुअल रूपमा बस्ने जानकारी दिएका हुन् ।
बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरू सम्बन्धमा छलफल हुने उनले जानकारी दिएका छन् ।