भारतीय स्थल सेना प्रमुख सेठ प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगे
भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
जनरल सेठ मंगलबार दिउँसो २ः४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन्। उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए।
चारदिने नेपाल भ्रमणका क्रममा जनरल सेठ आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
प्रधानमन्त्री शाहसँगको भेटमा नेपाल–भारत सुरक्षा तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।