औषधि क्षेत्र नियमनका लागि परिषद् र सल्लाहकार समिति गठन
सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन र समन्वयलाई प्रभावकारी बनाउन औषधि परामर्श परिषद् तथा औषधि सल्लाहकार समिति गठन गरेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार परिषद्को अध्यक्ष स्वास्थ्य मन्त्री रहनेछन् भने सल्लाहकार समितिको अध्यक्ष स्वास्थ्य मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ।
औषधि क्षेत्रको नीति, गुणस्तर, उत्पादन, वितरण तथा नियमनसम्बन्धी विषयमा सुझाव र परामर्श दिन यी दुई निकाय गठन गरिएको सरकारले जनाएको छ।