रास्वपाको केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि सार्वजनिक गरेको सूचीमा कुल ३८४ जनाको नाम समावेश गरिएको छ।
चितवनमा जारी पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान ९ बजेबाट मतदान सुरु हुने भनिए पनि अहिलेसम्म प्रक्रिया सुरु हुन नसकेको बताइएको छ।
महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।