रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह को विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल ले संसद्मा स्पष्टीकरण दिँदा हर्क साम्पाङ सहित केही सांसदहरूले विरोध जनाएका छन्।
प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने र स्पष्टीकरण पनि उनैले दिनुपर्ने माग गर्दै सांसदहरू विरोधमा उभिएका हुन्। विरोधका क्रममा हर्क साम्पाङले ‘प्रधानमन्त्रीले गरेको गल्ती मन्त्रीले सच्याउन नमिल्ने’ धारणा राखेका थिए।
संसद्मा परराष्ट्रमन्त्री खनालले सरकारको धारणा स्पष्ट पार्ने प्रयास गरे पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीकै प्रत्यक्ष जवाफ आवश्यक रहेको बताएका छन्। विवादित अभिव्यक्तिलाई लिएर संसद्मा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।