IPPAN को नयाँ नेतृत्वलाई बधाई, ऊर्जा क्षेत्र सुदृढ बनाउन शुभकामना
काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को साधारण सभाबाट निर्वाचित नयाँ नेतृत्वलाई विभिन्न पक्षबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
साधारण सभाबाट अध्यक्ष पदमा मोहन डाँगी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन (लामा) चयन भएका छन्। त्यस्तै अन्य नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पनि बधाई दिइएको छ।
नवनिर्वाचित नेतृत्वलाई ऊर्जा क्षेत्रको विकास, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा राष्ट्रिय समृद्धिको यात्रामा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरिएको छ।
ऊर्जा क्षेत्रका सरोकारवालाहरूले IPPAN को नयाँ कार्यसमितिले स्वच्छ ऊर्जा उत्पादन र विस्तारमार्फत देशको उज्यालो भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।