दीपेन्द्रको शतकसँगै नेपालले यूएईलाई २९० रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १३ चौका र एक छक्कासहित शतक पूरा गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
ओपनर विनोद भण्डारीले ५६ रन बनाउँदै राम्रो सुरुआत दिलाए भने कप्तान रोहित पौडेलले ३९ रन जोडे। डेब्यु खेलिरहेका अर्जुन कुमाल र आरिफ शेखले समान ११–११ रन बनाए।
अन्तिमतिर गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ४४ रनको महत्वपूर्ण योगदान दिए।
दीपेन्द्रको शतक, विनोदको अर्धशतक र गुलशनको उत्कृष्ट फिनिसिङको मद्दतमा नेपालले यूएईसामु प्रतिस्पर्धात्मक लक्ष्य खडा गरेको हो।