रोल्पा जिप दुर्घटना: २० जनाको मृत्यु, सबैको सनाखत पूरा
रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबै २० जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत पूरा भएको हो।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाको मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जना घाइते भएका थिए भने उनको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिस्ने गाउँपालिका–५ टाकुरा (रुकुम पूर्व), घोराही उपमहानगरपालिका–१५ रतनपुर (दाङ) तथा भूमे गाउँपालिका (रुकुम पूर्व) का यात्रुहरू सवार थिए।
घटनास्थलबाट शवहरू निकालेर आफन्तलाई बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरूको नामावली
सिस्ने–५, टाकुरा (रुकुम पूर्व) – १० जना
१. गोर्ख बहादुर बुढाथोकी (३२)
२. तिलकुमारी बुढाथोकी (५३)
३. युवा बुढाथोकी (२८)
४. दिव्यन बुढाथोकी (१०)
५. सृजना बुढाथोकी (२४)
६. सुदीप बुढाथोकी (१३)
७. ओमकुमारी बुढाथोकी (४०)
८. मीना कामी (६०)
९. लक्ष्मी शाह (६०)
१०. रुक्मिणा बस्नेत
भूमे–५, रुकुम पूर्व
११. टेकप्रसाद बुढामगर
घोराही–१५, रतनपुर (दाङ)
१२. दोरपती जिसी (५४)
१३. तिला जिसी (३२)
१४. जेनिस जिसी (७)
१५. जेनिसा जिसी (१२)
१६. एलिना जिसी (२५)
१७. संयोग जिसी (७)
१८. यमबहादुर जिसी (उमेर नखुलेको)
१९. धनमाया विष्ट (शान्तिनगर, दाङ – हाल सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२) – सवारी चालक
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।