लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
बुटवल — लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची तय गरिएको छ।
यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।