एमाले सचिवालय बैठक जारी, नेतृत्व परिवर्तनबारे चर्को बहस
काठमाडौँ — नेकपा (एमाले) सचिवालयको तेस्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी रहेको छ।
आजको बैठकमा बोल्न बाँकी रहेका सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
पार्टीभित्र बहुमत पदाधिकारीले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्दै नेतृत्व परिवर्तन र पुनर्गठनको माग अघि सारेका छन्। यद्यपि अध्यक्ष ओली भने सचिवालयमा उठेका विषयहरू केन्द्रीय कमिटीमा लैजाने पक्षमा रहेका छन्।
महाधिवेशनबाट निर्वाचित भएकाले पद नछाड्ने अडानमा रहेका ओलीले राजीनामा माग गर्ने पदाधिकारीलाई बैठकमै ‘एक–एक’ जवाफ दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।