एमाले सचिवालय बैठक आज पनि जारी
काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान साढे ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ।
बैठकमा सचिवालय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार आज शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीलगायत नेताहरूले धारणा राख्नेछन्।
गत शुक्रबारदेखि जारी बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् भने केही नेताले पार्टी पुनर्गठनको पक्षमा जोड दिएका छन्।
बैठकले कार्यविभाजन संशोधन, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन तथा निर्वाचन समीक्षा कार्यदल गठन गर्ने अपेक्षा गरिएको छ।