सुकुम्बासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न अखिल नेपाल सुकुम्बासी संघ ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
संघले वैशाख २० सम्म जनचेतना अभियान, त्यसपछि देशभर भेला, ज्ञापनपत्र र विरोध कार्यक्रम गर्ने जनाएको छ। वैशाख ३१ मा काठमाडौंमा प्रदर्शनसहित ‘राइट टु रिकल’ मार्फत प्रधानमन्त्री बालेन्द्र शाह लाई हटाउन माग गरिने बताइएको छ।
माग सम्बोधन नभए जेठ ७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी समेत संघले दिएको छ।