लागूऔषधसहित देशभरबाट १८ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। यस्तै फिदिम, सुनसरी, धरान र मध्यपुरथिमि क्षेत्रबाट थप व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।
त्यसैगरी कोहलपुर, पोखरा, सिम्रौगढ र नेपालगन्जबाट पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीबाट डिजिटल तराजु र चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसमेत बरामद भएको छ। पक्राउ परेकाहरू बुधबार नियन्त्रणमा लिइएको हो।