आईपीएलमा राजस्थानको चौथो जित, आरसीबी ६ विकेटले पराजित
गुवाहाटी । इन्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्स ले लगातार चौथो जित दर्ता गरेको छ।
बरसापारा क्रिकेट रंगशालामा शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भयो। २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानका ध्रुव जुरेल ले ८१ र वैभव सूर्यवंशी ले ७८ रन बनाए। यसअघि आरसीबीका रजत पाटिदार ले ६३ रनको पारी खेलेका थिए भने विराट कोहली ले ३२ रन जोडे।
जितसँगै राजस्थान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने आरसीबी ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ।