भूकम्पीय जोखिम न्यूनीकरणबारे जनचेतना फैलाउन राष्ट्रपति पौडेलको आग्रह
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षात्मक उपायबारे प्रभावकारी जनचेतना फैलाउनुपर्ने बताएका छन्।
दसौँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले सम्बन्धित निकायले यसतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।
राष्ट्रपतिले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरक्षित निर्माण र सतर्कता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।