गाजामा मानवीय सहायता खुला गर्न संयुक्त राष्ट्रसंघको इजरायललाई आह्वान
जेनेभा — संयुक्त राष्ट्रसंघ का मानवअधिकार उच्चायुक्त थमीन अल खितान ले इजरायल लाई गाजा पट्टीमा लगाइएका प्रतिबन्ध हटाई मानवीय सहायताको निर्बाध प्रवेश सुनिश्चित गर्न आह्वान गरेका छन्।
साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले गाजामा पानी, खाद्य सामग्री र खाना पकाउने ग्यासजस्ता अत्यावश्यक वस्तुको अभाव चर्किएको भन्दै अवस्था गम्भीर बनेको बताए।
उनले प्यालेस्टिनी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न र सहायता प्रवाहमा लगाइएका सबै अवरोध हटाउन इजरायललाई आग्रह गरेका छन्।
सन् २०२५ अक्टोबरदेखि युद्धविराम भए पनि गाजामा नाकाबन्दी र आक्रमण जारी रहँदा मानवीय संकट झन् गहिरिएको जनाइएको छ।