लालझाडीमा एआई प्रविधिबाट टिबी परीक्षण, ७४८ जनाको जाँच
कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआई (कृत्रिम बुद्धिमत्ता) आधारित एक्स–रे प्रविधिबाट गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरमा ७४८ जनाको स्वास्थ्य जाँच गरिएको छ।
लालझाडी आधारभूत अस्पताल नन्दगाउँसहित चार स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा एक्स–रेमार्फत प्रारम्भिक परीक्षण गरिएको हो।
स्वास्थ्य शाखाका अनुसार ३ जनामा पल्मोनरी टिबी पुष्टि भएको छ भने ११५ जनामा शङ्का देखिएकामध्ये २३ जनालाई थप परीक्षणका लागि अस्पतालमा रेफर गरिएको छ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले यस्तो प्रविधिले ग्रामीण क्षेत्रमा छिटो रोग पहिचान र समयमै उपचारमा सहयोग पुगेको बताए।