जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटना
रोल्पाको थवाङ गाउँपालिका–स्थित जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ।
वैशाखे पूर्णिमाको पूजाका लागि रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप दुर्घटनामा परेको हो। जिपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय थवाङका अनुसार घटनास्थलमा भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। जिप भिरबाट तल खसेको र उद्धार टोली अझै घटनास्थलसम्म पुग्न नसकेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।