कैलालीमा लजमा आगलागी हुँदा एक मजदुरको मृत्यु
काठमाडौं — कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने क्रेटबाट आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने क्षतिको विवरण आउन बाँकी छ।