रास्वपाको संसदीय दलको बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आज बिहान १२ बजे बोलाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता अगाडि रणनीति तय गर्न बैठक बोलाइएको हो।