डेडिकेटेड र ट्रंकलाइन विवाद : ११ उद्योगले पहिलो किस्ता तिरे, बाँकी अझै अन्धकारमा
काठमाडौँ । करिब सात वर्षदेखि लम्बिएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल विवाद समाधानतर्फ अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र ७ गते बक्यौता नतिर्ने २५ उद्योगको बिजुली काटेको थियो। त्यसपछि ११ उद्योगले पहिलो किस्ता बुझाएर विद्युत् पुनः जडान गराएका छन्।
प्राधिकरणका अनुसार उद्योगहरूले विवादित रकमको २८ भागमध्ये पहिलो किस्ता धरौटीका रूपमा बुझाएका छन्। तिहारकै बीचमा घराना फुड्स र गोयन्का फुड्सले किस्ता तिरेपछि लाइन जडान गरिएको थियो।
अहिलेसम्म ११ उद्योगमा बिजुली पुनः जडान भए पनि १२ उद्योग अझै अन्धकारमा छन्। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार किस्ता बुझाउने उद्योगको लाइन तुरुन्तै जोडिएको छ।
प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबीचको सहमतिपछि उद्योगहरूले धरौटी बुझाएर पुनरवलोकन प्रक्रियामा जाने व्यवस्था गरिएको हो।