हुलास स्टिलले तिर्यो बिजुली बक्यौताको पहिलो किस्ता, ५० लाखभन्दा बढी भुक्तानी
काठमाडौं — हुलास स्टिल इन्डस्ट्रिज प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको बक्यौता तिर्न थालेको छ। कम्पनीले पहिलो किस्ताका रूपमा ५० लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।
सिमरा वितरण केन्द्रअन्तर्गतको ग्राहक रहेको हुलास स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बिजुली प्रयोग बापत १४ करोड १२ लाख ५ हजार रुपैयाँ बक्यौता रहेको थियो। उक्त रकम तिर्न कम्पनीले २८ किस्ताको सुविधा लिएको हो।
प्राधिकरण स्रोतका अनुसार यो पहिलो पटक हो जब हुलास स्टिलले बक्यौता रकम तिरेको छ।