काठमाडौं–तराई फास्ट ट्र्याकको डिपिआर संशोधन
काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर संशोधन भएको छ। लागत समय र लागत मुल्य घट्नेगरी द्रुतमार्गको डिपिआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई-मधेश द्रुतमार्गको डिपिआर संशोधन गरेको हो।
‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपिआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’
काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ। २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ।
डिपिआर संशोधन भएपछि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत कायम भएको छ। आयोजनामा केही सुरुङ र केही ग्यालरी सुरुङ बन्ने भएका छन्।
द्रुतमार्ग २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ।